कारोबार


सांसद शर्माको आरोप- कुलमान घिसिङलाई सरकारले प्रोत्साहनको सट्टा निरुत्साहित गर्‍यो

सांसद शर्माको आरोप- कुलमान घिसिङलाई सरकारले प्रोत्साहनको सट्टा निरुत्साहित गर्‍यो

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १५:५, काठमाडौँ

सांसद जगप्रसाद शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गरिरहेको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले कुलमानलाई पटक पटक स्पष्टीकरण सोधिएकोबारे असन्तुष्टि जनाएका हुन्। 

उनले देशले परिवर्तनको एउटा महान प्रक्रिया पूरा गरेर समृद्धिको अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था वा जीवनस्तरमा परिवर्तन हुन नसकेको बताए।

“त्यसको प्रमुख कारण भनेको देशमा सुशासन काय गर्न नसक्नु हो, २०७९ को आमचुनावमा सबै राजनीतिक पार्टीले अघि सारेको साझा मुद्दा भनेको देशमा सुशासन कायम गर्ने भन्ने थियो, वर्तमान सरकारले बाटो बिराएको हो कि जस्तो लाग्छ”, उनले भने।

देशमा राम्रो काम गर्ने जनप्रतिनिधि, कर्मचारी क्षेत्रका अगुवा वा व्यावसायिक क्षेका क्षेत्रका व्यक्तिलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad