कारोबार


१० जना ग्राहकलाई आइफोन१६ उपहार दिने वर्ल्डलिंकको घोषणा

१० जना ग्राहकलाई आइफोन१६ उपहार दिने वर्ल्डलिंकको घोषणा

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १६:४२, काठमाडौँ

दुरसञ्चार संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन१६ उपहार दिने घोषणा गरेको छ।

आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लि.ले नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो।

१० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार र कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा ग्राहकहरूको अतुलनीय योगदान रहेको  वर्ल्डलिंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरूको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौँ, सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तिमा १० जना सेवा ग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौँ।’

मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सवै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ। मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ। १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्तार र कम्तिमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु यसैको सफल उदारहण वर्ल्डलिंकले जनाएको छ।

इन्टरनेट सेवालाई दुरदराज र ग्रामिण भेगमा थप विस्तारका लागि र आम नेपालीको पहुँचमा पुर्‍याउनका लागि पनि वर्ल्डलिंकले प्रतिवद्धता जनाएको छ। फागुन महिनाको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्‍याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad