कारोबार


अमेरिकी डलरको मूल्य लगातार गिरावट

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य वृद्धि
अमेरिकी डलरको मूल्य लगातार गिरावट

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०८१ बिहिबार ५:५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर,  कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड सहितका मुद्राको मूल्य भने बढेको छ। 

अमेरिकी डलरको मूल्य विगत तीन दिनदेखि लगातार घट्दै आएको छ। युरो र पाउन्डको मूल्य भने विगत तीन दिनदेखि लगातार बढिरहेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ९३ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९३ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ १८ पैसा थियो। 

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ ८८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ९५ पैसा थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा  थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४ सय ५१ रुपैयाँ ९१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ४२ पैसा थियो।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ २७ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad