कारोबार


साताको पहिलो दिन नै ७५ अंकले बढ्यो बजार, १४ अर्ब नाघ्यो कारोबार

साताको पहिलो दिन नै ७५ अंकले बढ्यो बजार, १४ अर्ब नाघ्यो कारोबार

नेपालखबर
फागुन १८, २०८१ आइतबार १५:१६, काठमाडौँ

सेयरबजारले यो साता पनि राम्रो गर्ने संकेत गरेको छ। 

आइतबार नेप्से परिसूचक र कारोबारमा आएको बढोत्तरीले शुभसंकेत गरेको हो। 

नेप्से आज ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको छ। २.६७ प्रतिशत वृद्धि भएको दिन बजारमा कुल २ करोड ९१ लाख कित्ता सेयर बिक्री भएको छ। 

योसँगै कुल कारोबार रकम १४ अर्ब २५ करोड नाघेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आजको कारोबार गत भदौ ११ यताकै ठूलो हो। उक्त दिन १८ अर्ब ६४ करोडको सेयर किनबेच भएको थियो। 

आज ४४ वटा सेयरको मात्र मूल्य घटेको छ। १९६ वटाको बढ्दा ४ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

आज ३ वटा सेयर १० प्रतिशतले बढेका छन्। 

हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट ब्रेक हुँदा लगानीकर्ताले क्रमशः १२०.९०, १०३.८० र ७६.५० रुपैयाँ आम्दानी गरेका छन्। 

सिन्धु विकास बैंक र दोर्दीखोलाका लगानीकर्ताले पनि आज कमाएका छन्। 

तर समाज लघुवित्तको भने नकारात्मक सर्किट लागेको छ। अन्य लगानीकर्ताले आज अधिकतम ५.४७ प्रतिशत मात्रै गुमाएका छन्। 

सर्वाधिक कारोबारतर्फ आज नेपाल पुनर्बीमा अगाडि छ। कम्पनीको ९७ करोडको, हिमालयन रिको ८५ करोडको, सिन्धु विकास बैंकको ४० र एनआरएनको ३३ करोडको सेयर कारोबार भएको छ। 

आज फाइनान्स, होटल र उत्पादन समूह धेरै अंकले बढेका र सबै उपसूचक हरियो रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad