ad ad

कारोबार


कोरोनाले देशै ठप्प हुँदा खाद्यवस्तुको माग र आपूर्तिमा असन्तुलन

कोरोनाले देशै ठप्प हुँदा खाद्यवस्तुको माग र आपूर्तिमा असन्तुलन

दीपक भट्ट
चैत ११, २०७६ मंगलबार ७:३७,

कोरोनाभाइरस महामारी फैलिनसक्ने कारण देखाउँदै सरकारले देशै ठप्पप्रायः (लक डाउन) गरेपछि देशभर वस्तु खपतको अवस्था असन्तुलन हुनपुगेको छ।

दैनिक खपत हुने वस्तुको माग र पूर्तिमा असन्तुलन हुँदा गत हप्ताको तुलनामा यो हप्ता केही वस्तुहरुको माग घट्न थालेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।

आपूर्ति मन्त्रालयका अनुसार गत हप्ताको तुलनामा यो हप्ताको तुलनामा यो हप्ता करिब १५ प्रतिशतले वस्तुको माग कमी आएको हो।

कोरोनाको त्रासले गर्दा उपभोक्ताहरुले वस्तु सञ्चित गर्दा गत केही दिनअघि वस्तुको माग अत्यधिक बढी भए पनि अहिले भने माग घटेको मन्त्रालयको भनाइ छ।

आज मंगलबारदेखि सरकारले लक डाउन (पूरै बन्द) गर्ने निर्णय गरेपछि वस्तुको माग र खपत काठमाडौं उपत्यकामा अझै घट्ने आँकलन मन्त्रालयको छ।

मन्त्रालयकी सूचना अधिकारी उर्मिला केसीका अनुसार चिनी गत हप्ता दैनिक माग २० हजार मेट्रिकटन रहेको थियो। त्यसको माग अहिले १५ प्रतिशतले कमी आएको छ। अझै यसको माग घट्ने अनुमान छ। मागअनुसार मौज्दात भने रहेको रहेको उनले जानकारी दिइन्।

उनले भनिन्, ‘५ हजार मेट्रिकटन गोदाममा मौज्दात रहेको छ। त्यस्तै ५ हजार मेट्रिकटन रेलवे मुभमेन्टमा रहेको छ।’

तर इन्धनको खपत अहिले ह्वातै घटेको छ। पेट्रोल विगतमा ४ हजार किलोलिटर खपत हुने गरेकोमा यो हप्ता प्रतिदिन २ हजार सात सय किलोलिटर मात्रै खपत भएको हो।

डिजेल १० हजार किलो लिटर खपत हुने गरेकोमा ८ हजार किलोलिटर मात्रै खपत भएको हो।

हवाइ इन्धन ८ सय किलोलिटर खपत हुने गरेकोमा २ सय किलोलिटर मात्रै खपत भएको छ। यी सबै वस्तुको खपत घटिरहँदा खाना पकाउने एलपी ग्यासको खपत भने ह्वात्तै बढेको छ।

दैनिक १ हजार ३ सय मेट्रिकटन खपत हुने गरेकोमा ३१ हजार मेट्रिकटन यो हप्ता प्रतिदिन खपत भएको हो। तर आगमी महिना ग्यासको माग नगन्य हुने मन्त्रालयको अनुमान छ।

२/३ महिनालाई पुग्ने ग्यास सबै उपभोक्ताले सञ्चित गरिसकिकोले केही समय न्यून माग रहने र अब आयात भएको सबै मौज्दात रहने मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .