कारोबार


पाथीभरामा केबलकार निर्माणको माग राख्दै ताप्लेजुङवासीले निकाले सद्भाव र्‍याली

पाथीभरामा केबलकार निर्माणको माग राख्दै ताप्लेजुङवासीले निकाले सद्भाव र्‍याली

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १६:५६, काठमाडौँ

ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण चाँडै सक्नुपर्ने जिल्लावासीले माग गरेका छन्।

मंगलबार सदरमुकाम फुङलिङमा भेला भएका सयौँ जिल्लावासीले सद्भाव र्‍याली निकाल्दै केबलकारले जिल्लाको समृद्धिमा थप टेवा पुग्ने भन्दै केबलकार निर्माण चाँडै सक्नुपर्ने माग गरेका हुन्।

‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ भन्छ । स्थानीयवासी के भन्छन् ? केबलकार ल्याउ भन्छन्’ जस्ता नारासहित उनीहरुले तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणको माग राखेका छन्। 

जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन नागरिक सद्भाव र्‍याली निकालिएको उनीहरुको भनाइ थियो।

ताप्लेजुङ विकासप्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा बिहान ११ बजेबाट सुरु भएको र्‍यालीले सदरमुकामका विभिन्न स्थानको परिक्रमा गरेको थियो।

‘बृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानरसहितको उक्त सद्भाव यात्रामा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad