कारोबार


कारोबार रकमले सेयरबजारमा देखायो उत्साह, ५ कम्पनीमा लाग्यो सर्किट

कारोबार रकमले सेयरबजारमा देखायो उत्साह, ५ कम्पनीमा लाग्यो सर्किट

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १५:२३, काठमाडौँ

लगातार दुई दिनदेखि बढेको नेप्से सूचकले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार दिनभर जसो हरियाली बनेको बजार अन्तिममा ११‍.९१ अंकले बढ्दै २७३९.८२ अंकमा पुगेर बन्द भएको छ।  

आइतबार १९ अंक र सोमबार २९ अंकले बढेको नेप्से सूचक मंगलबार पनि ११ अंकले बढेको हो।

लगातार तिन दिन बढेको बजारमा लगानीकर्ताले कारोबार पनि निरन्तर बढाउँदै लगेका छन्।

मंगलबार लगानीकर्ता कुल १० अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार गरेका हुन्। आइतबार ९ अर्ब २७ करोड र सोमबार ९ अर्ब ८९ करोडको कारोबार गरेकोमा लगानीकर्ता मंगलबार कारोबारलाई थप बढाएका हुन्।

यो दिन वाणिज्य बैंक, लगानी, जलविद्युत, जिवन तथा नीर्जिवन बिमा, अन्य र व्यापार समूहको सूचक बढ्दा बाँकी समूहको सूचक घटेका हुन्।

कम्पनीगत रुपमा भने आज कारोबारमा आएका ३१४ वटा धितोपत्र मध्ये तीन वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने २ वटा मा नकारात्मक सर्किट लागेको छ। 

सकारात्मक सर्किट लागेर मूल्य बढाउनेमा वीन लघुवित्त र गुराँस लघुवित्त छन्। सर्किट लाग्ने यी दुवैको कम्पनीको कित्तामा आज एकै दिन क्रमश: ३२७ रुपैयाँ र २८८ रुपैयाँले मूल्य बढेको छ।

यता नकारात्मक सर्किट लाग्ने सप्तकोशी डेभलपमेन्ट बैंक र केबीएल डिबेन्चर मा १० प्रतिशतले मूल्य घटेको छ।

कारोबारका आधारमा भने आज हिमाल रि इन्स्योरेन्स अगाडि छ। यो कम्पनीको आज ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad