सानिमा जीआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको बिहीबार बसेको १५५औँ सञ्चालक समितिको बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ७.५८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले २ अर्बको ७.५ प्रतिशतका दरले बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो।
कम्पनीले नेपाल बिमा प्राधिकरणबाट स्वीकृति पाएपछि उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजानेछ। साधारणसभाबाट पारित गरेर सेयरधनीमा वितरण गरिनेछ।
45
Shares

प्रतिक्रिया