गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुन: उडानले गति लिनथालेको छ। बिहीबार यहाँबाट तीन अन्तर्राष्ट्रिय उडान भएको हो।
गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानले पुनः गति लिएको जानकारी दिए।
तिवारीका अनुसार बुधबार जजिरा एयरलाइन्सले १०२ यात्रु लिएर आएकामा १४९ यात्रु लिएर उडान भरिसकेको छ। थाई एयर एसियाले १२८ यात्रु लिएर उडान भरेको छ।
त्यसैगरी फ्लाई दुवईले ४४ यात्रु लिएर भैरहवा आएकोमा २९ यात्रु लिएर उडान गरेको छ।
378
Shares

प्रतिक्रिया