कारोबार


जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिए

जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिए

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८१ आइतबार १७:५१, काठमाडौँ

अंग्रेजी नववर्षको पहिलो महिना जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएका छन्।

विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च हुँदा नेपालमा २०१९ बराबर पर्यटक भित्र्याउन नसकेको हो। 

सन् २०१९ मा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएका थिए। त्यसको तुलनामा ९८ प्रतिशत मात्रै पर्यटक भित्रिएका छन्। २०२४ मा ७९ हजार १०० भित्रिएका थिए।

जनवरीमा भारतबाट २० हजार ४८५, चाइनाबाट ८ हजार १९१, अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६, अष्ट्रेलियाबाट ४ हजार ३०१, दक्षिण कोरियाबाट ३ हजार ७५६, बेलायतबाट ३ हजार ५२१ पर्यटक भित्रिएका छन्।

बंगलादेशबाट ४८ प्रतिशत बढ्दा भारतीय पर्यटक नै १५ प्रतिशतले घटेका छन्। सार्क मुलुकबाटै ४.३ प्रतिशतले पर्यटक गिरावट आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad