सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आईसीयूमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन्।
बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताए।
अर्थमन्त्री पौडेलले आफूहरू सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आईसीयूमा ल्याएको उल्लेख गर्दै अब छिटै नै लयमा फर्किने दाबी गरे।
उनले भने, ‘नेपाल सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि काम गरिरहेको छ। हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो। त्यो कोममा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आईसीयूमा ल्याएका छौँ। अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौँ।’
उनले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानूनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताए। आइटी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको उनको भनाई थियो।
उनले थपे, ‘आईटी सेक्टरलाई इण्डस्ट्रीको रुपमा कसरी विकसित गर्ने भन्ने चिन्ता थियो। सबै व्यवसायीहरूको चाहना के थियो भने आईटी सेक्टरमा काम गरिरहेका उद्योग, व्यवसायहरू उनीहरुले आफ्नो कम्पनीको संस्थाको सहायक संस्थाहरू अरु देशमा पनि खोल्न पाउने परिस्थिति बनोस्, हामीले उनीहरूको प्रतिष्पर्धामा भाग लिन पाइयोस्, त्यहाँ पनि लगानी गर्नसके धेरे विकास गर्न आइटी सेक्टरमा सकिन्छ, नेपाल सरकारको राजश्व पनि वृद्धि गर्न सकिन्छ भन्नुभएको थियो।’
मन्त्री गुरुङले जीडीपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताए। अध्यादेशले यसको प्रबन्ध गरिएको र आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको मन्त्री गुरुङको भनाई थियो। यस महिनाभित्र एआईको पोलिसी बनाइसक्ने उनले जानकारी दिए।
Shares

प्रतिक्रिया