नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जना इच्छुक देखिएका छन्।
अर्थ मन्त्रालयका अनुसार कमलप्रसाद रेग्मीसहित डा. देवराज रोकालगायतले आवेदन दिएका हुन्।
मन्त्रालयका अनुसार सूचीमा उनीहरुबाहेक शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएका छन्।
यसअघि मन्त्रालयले गत पुस २६ मा नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि सार्वजनिक आह्वान गरेको थियो।
पहिलो पटक प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनिएको थियो।
यस्तो छ योग्यता

105
Shares

प्रतिक्रिया