कारोबार


घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित

घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित

नेपालखबर
माघ ९, २०८१ बुधबार १४:८, काठमाडौँ

नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको अध्यादेशलाई स्वागत गरेको छ।

सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न भन्दै एक साथ दर्जन कानून संशोधन गरेको छ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भूमि सम्बन्धी अध्यादेश निकै सकारात्मक रहेको भन्दै घरजग्गा व्यवसायीहरुले स्वागत गरेका हो।

उक्त संशोधनमा भूमि सम्बन्धी व्यवस्थालाई पनि परिमार्जन गरेको छ। सरकारको यो सुधारले घरजग्गा व्यवसायीहरुलाई मात्रै नभएर समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको बताए। उनले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश निकै सकारात्मक रहेको उल्लेख गरे।

हाउजिङमा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको उनले बताए। उनले जग्गाको कारोबार विद्युतीय माध्यमबाट गर्न सरकारलाई सुझाव दिए।

उनले जग्गाको मूल्य र कर्जा धितोको अनुपातका साथ आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनुपर्ने हालको व्यवस्थालाई नेपाल राष्ट्र बैकले लचकता अपनाएर पुनरावलोकन गर्न आग्रह गरे। उनले सरकारले घरजग्गामा लाग्दै आएको हदबन्दीमा सुधार स्वागतयोग्य गरेको बताए।

उनले घर जग्गाको कारोबार राष्ट्र बैंकका कारण बढ्न नसकेको आरोप लगाए। उनले सरकारले घरजग्गा कारोबारमा ल्याण्डपुलिङ र हाउस पुलिङमा निजी क्षेत्रलाई सहभागिता गराउन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad