समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई लभांश दिने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको १६९ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको बितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
कम्पनीको चुक्तापूँजी ५९ करोड ९० लाख रुपैयाँ रहेको छ। जसको ५ प्रतिशतले हुन आउने २ करोड ९९ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख ७६ हजार रुपैयाँ बराबरको ०.२६ प्रतिशत लाभांश दिने भएको हो।
42
Shares

प्रतिक्रिया