महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ।
लघुवित्तले प्रतिकित्ता ७ सय रुपैयाँका दरले २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बोलकबोल मार्फत उक्त सेयर बिक्री गर्न लागेको हो।
कम्पनीले उक्त संस्थापक सेयर सर्वसाधारण तथा संगठित संस्थाहरुले खरिद गर्न मिल्ने गरी आवेदन खोलेको हो। सेयर खरिद गर्न इच्छुकले बोलपत्र आवेदन २ सय नगद भुक्तान गरेर नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबाट लिनुपर्नेछ।
त्यस्तै आफूले खरिद गर्न चाहेको कित्ता सेयर उल्लेख गरी बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैकिङको कार्यलय ठमेल काठमाडौँमा पठाउनुपर्नेछ।
303
Shares

प्रतिक्रिया