कारोबार


राष्ट्र बैंकले खोलिदियो लघुवित्तलाई कम्पनीमा लगानी गर्ने बाटो

अन्य संस्थाको लगानी भने प्राथमिक पुँजीमा गणना गर्न नपाइने
राष्ट्र बैंकले खोलिदियो लघुवित्तलाई कम्पनीमा लगानी गर्ने बाटो

नेपालखबर
पुस २४, २०८१ बुधबार १२:२३, काठमाडौँ

लघुवित्त कम्पनीले अब नेपाल राष्ट्र बैंकको लगानी रहेका कम्पनीमा लगानी गर्न पाउने भएका छन्।

राष्ट्र बैंकले (घ) वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन-२०७९ जारी गर्दै लगानीको बाटो खोलिदिएको हो।

नेपाल लघुवित्त वित्तीय संस्थाले संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न नपाइने व्यवस्था गरेकामा राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको लगानी रहेका संस्थामा भने लगानी गर्न पाउने व्यवस्था गरेको हो।

निर्देशनमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको काम/कारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेसनल बैकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्रलगायतका संस्थाहरूमा र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन।’

यसबाहेकका संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा लगानी गरेमा सो रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनुपर्ने समेत व्यवस्था गरेको छ।

यस्तै राष्ट्र बैंकले निर्देशनमार्फत कार्यकारी प्रमुख पदमा पनि थप कडाइ गरेको छ।

जसमा संस्थाको चुक्तापुँजी १ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्यले सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुख पदमा बाहेक अन्य पदमा नियुक्त हुन नपाउने व्यवस्था छ।

चुक्ता पुँजी ५ प्रतिशत वा सोभन्दा बढीको सेयर स्वामित्व भएका व्यक्ति पनि सो संस्थाको कार्यकारी प्रमुख पदमा बस्न नपाउने व्यवस्था गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad