अर्थमन्त्री विष्णु पौडेलले वित्तीय व्यवस्थापनका लागि वैकल्पिक स्रोतको विषय खोज्नुपर्ने बताएका छन्।
वित्तीय व्यवस्थापनसम्बन्धी तेस्रो रणनीतिको गोष्ठीमा मन्त्री पौडेलले राजस्व संकलन, आन्तरिक ऋण, बाह्य सहयोग मात्रै स्रोतको विकल्प खोज्नुपर्ने सुझाएका हुन्।
अर्थ मन्त्रालय, प्रदेश सचिव र पालिका महासंघका अधिकारीहरु सहभागी रहेको कार्यक्रममा राजस्व संकलनबाट चालू खर्च धान्न सक्ने अवस्था नरहेको बताउँदै वैकल्पिक व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेका छन्।
‘संघीयता कार्यान्वयन हुँदा वित्तीय व्यवस्थापन हुनसकेको छैन’, मन्त्री पौडेलले भने, ‘पछिल्लो समय सरकार वितरणकारी भएको छ। तर स्रोतको व्यवस्थापन कहाँबाट गर्ने भन्ने छैन।’
मन्त्रालयका सहसचिव थान प्रसाद पंगेनीले ५ वर्षको रणनीति बनाउन लागेको बताउँदै ३ तहका सरकारलाई उपयोगी हुने बताए।
Shares

प्रतिक्रिया