कारोबार


उपेन्द्र यादव भन्छन् : २५ ट्रक सामान आए दुईवटाको भन्सार लिइन्छ बाँकी सेटिङमा छोडिन्छ

उपेन्द्र यादव भन्छन् : २५ ट्रक सामान आए दुईवटाको भन्सार लिइन्छ बाँकी सेटिङमा छोडिन्छ

नेपालखबर
मंसिर २६, २०८१ बुधबार २१:४१, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको अर्थतन्त्र लगायतका विषयमा भएको छलफलमा यस्तो बताएका हुन्। उनले भन्सारका सरकारी कर्मचारीहरू जनतालाई सेवा भन्दा पनि आफ्नो लाभको लागि जाने गरेको बताए।

उनले भन्सारमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु एक किलो चिनी जनताले ल्याउँदा सास्ती भोग्नुपरेको बताए। उनले भन्सारमा २५ वटा ट्रक सामान आउँदा २ वटाको भन्सार लिएर बाँकी सेटिङमा छाडिदिने गरेको बताए। उनले भन्सारमा हुने चुहावटलाई सरकारले तत्काल रोक्नुपर्ने बताए।

उनले भने,‘ दैनिक उपभोग्य वस्तु एक किलो ल्याउँदा जनताले सास्ती भोग्नुपरेको छ। २५ वटा ट्रक आउँछन् २ वटाको भन्सार लियो र बाँकी सेटिङमा छाडिदिने परम्परा छ। त्यसैले भन्सारमा जान खोज्छन्। भन्सारमा जनतालाई सेवा होइन आफूलाई लाभ प्राप्त गर्नको लागि हो। यसलाई कसरी रोक्नुहुन्छ। दैनिक उपभोक्ता मारमा छन्। एक किलो चिनी ल्याउँदा प्रहरीले जनातालाई टर्चर लिइरहेको छ। अनि कसरी हुन्छ राजश्व सङ्कलन? भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुन्छन्।’

उनले ट्रक समान भन्सार चेक बिना पास हुने तर एक किलो चिनी ल्याउँदा प्रहरीले जनतालाई यातना दिइरहेको बताए।

उनले यस्तो परम्पराले सरकारको राजश्व संकलन लक्ष्य पूरा हुन नसक्ने दाबी गरे। बैंकहरूबाट लिएको कर्जा तिर्न जान छाडेको गुनासो बैंकर्सहरूको रहेको उनले सुनाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad