कारोबार


भारतीय अर्बपति अदानीविरुद्ध अमेरिकाले लगायो ठगीको मुद्दा

भारतीय अर्बपति अदानीविरुद्ध अमेरिकाले लगायो ठगीको मुद्दा

फाइल तस्बिर: गौतम अदानी


नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १०:१९, काठमाडौँ

संयुक्त राज्य अमेरिकाले भारतीय अर्बपति गौतम अदानीविरुद्ध ठगीको मुद्दा चलाएको छ।

उनीविरुद्ध २५ करोड अमेरिकी डलर घुस स्किम बनाई अमेरिकामा पैसा उठाएको आरोप लागेको हो। 

बुधबार न्युयोर्कमा दायर यो मुद्दासँगै बन्दरगाहदेखि नवीकरणीय ऊर्जासम्म लगानी र व्यवसायको साम्राज्य फैलाएका अदानीलाई ठूलो संकट आइपरेको छ।

अभियोजकहरूले अदानी र अन्य वरिष्ठ कार्यकारीले भारतीय अधिकारीलाई आफ्ना नवीकरणीय ऊर्जा कम्पनीलाई ठेक्का पार्न पैसा दिने मञ्जुरी गरेको आरोप लगाएको बीबीसीले जनाएको छ। २० वर्षमा २ अर्ब डलर बढी नाफा हुने आशामा यो घुसखोरी योजना बनाएको आरोप लागेको हो।

यस विषयमा अदानी ग्रुपले भने अहिलेसम्म प्रतिक्रिया दिएको छैन।

सन् २०२३ यता अमेरिकामा अदानी समूहले एक क्लाउडअन्तर्गत व्यवसाय सञ्चालन गरिरहेको छ। यही बेला एक उच्च कम्पनीले ठगीको आरोपसहित प्रतिवेदन सार्वजनिक गरेको थियोे। अदानीले अस्वीकार गरेको उक्त आरोपले बजार हल्लाएको थियो।

घुसखोरी योजनाबारे महिनौँयता समाचार आइरहँदा अभियोजकहरूले सन् २०२२ देखि नै अनुसन्धान सुरु गरेको र त्यसलाई रोक्ने काम सिर्जना भएको बताएका छन्।

कार्यकारीहरूले ऋण र ऋणपत्रद्वारा अमेरिकी कम्पनी समेतबाट ३ अर्ब डलर उठाएको आरोप छ। खासगरी भारतीय सरकारी अधिकारीलाई घुस दिएर अर्बौं डलरका ठेक्का हत्याउने योजना बनाएको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad