कारोबार


ऊर्जामन्त्रीले फेरि बोलाए विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक

ऊर्जामन्त्रीले फेरि बोलाए विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार ९:२२, काठमाडौँ

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन्। 

अहिले बिहान ११ः३० बजे बस्नेगरी मन्त्री खड्काले बैठक बोलाएका हुन्।

यसअघि उक्त बैठक हिजो सोमबार दिउँसो ३ बजे बस्ने भनिए पनि बस्न सकेन। 

विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगीको लाइन पुन: जोड्ने विषयमा प्राधिकरण र सरकारबीच मतभेद छ। 

प्राधिकरण बक्यौता तिर्न तयार नभएसम्म उद्योगीका काटिएका लाइन नजोड्ने अडानमा छ भने सरकार जोडदिनपर्छ भन्नेमा जिकिर गरिरहेको छ। 

बक्यौता नतिर्ने ३४ उद्योगीको लाइन काटिएकामा १४ वटा किस्ताबन्दीमा तिर्न तयार भएपछि लाइन जोडिइसकेको छ। 

बाँकी उद्योगीका लागि पनि विद्युत् प्राधिकरणले किस्तामा तिर्न पाइने सुविधा दिएको छ। २८ किस्तासम्ममा तिर्न पाइने पुरानो सुविधा बढाएर ५६ किस्तासम्म पुर्‍याएको छ। पुनरवलोकनमा जान चाहने उपभोक्ताले जम्मा गर्नुपर्ने धरौटी रकम पनि ५ प्रतिशतमा झारेको छ। तर पनि सरकारले विभिन्न बहाना बनाएर रकम नतिर्ने उद्योगीको पक्षपोषण गर्न खोजेको बुझाइ प्राधिकरणको छ। 

यसैबीच पैसा नउठाई लाइन जोडे आन्दोलनमा उत्रने चेतावनी कर्मचारी संगठनहरूले दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad