कारोबार


एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १२:५६, काठमाडौँ

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै एनएलजी इन्स्योरेन्स लिमिटेडले मंसिर ११ मा हकप्रद सेयर निष्काशन गर्ने भएको छ। 

कम्पनीले १० कित्ता साधारण सेयर बराबर ६.२५६ कित्ता सेयर दिने गरी अंकित मूल्यमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो। 

कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्काशनमा ल्याउने छ।

मंसिर २७ गतेसम्म कम्पनीको सेयरधनी कायम भएका लगानीकर्ताले हकप्रद सेयरमा मंसिर ११ गतेबाट पुस १ गतेसम्म आवेदन दिन सक्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad