कारोबार


युनिलिभरको हालसम्मकै उच्च नगद लाभांश, कित्ताकै १७१४ रुपैयाँ दिने

युनिलिभरको हालसम्मकै उच्च नगद लाभांश, कित्ताकै १७१४ रुपैयाँ दिने

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १२:४४, काठमाडौँ

युनिलिभर नेपाल लिमिटेडले गत वर्षभन्दा ८ प्रतिशतले बढी नगद लाभांश बाँड्ने भएको छ। 

कम्पनीले हालसम्मकै उच्च अर्थात् प्रतिकित्ताबापत १ हजार ७ सय १४ रुपैयाँ नगद लाभांश बाँड्ने निर्णय स्वीकृत गरेको हो। 

सोमबार एभरेष्ट होटल काठमाडौंमा बसेको ३१औँ वार्षिक साधारणसभाले लाभांश स्वीकृत गरेको हो। 

कम्पनीका प्रमुख देव बाजपेयीले कम्पनीको प्रगतिको हिस्सा बनेको भन्दै सेयर सदस्यप्रति आभार व्यक्त गरे। उनले सेयरधनीलाई कम्पनीको व्यावसायिक प्रगति, चुनौती र भविष्यको योजनाबारे जानकारी गराएका थिए।

नेपाल स्टक एक्सेचेन्जमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ। स्वपुँजीमा आधारित कम्पनीको सेयर प्रतिकित्ता पछिल्लोपटक ४८ हजार ७२० रुपैयाँमा कारोबार भएको छ। 

कम्पनीको बजार पुँजीकरण नै ४४ अर्ब ५६ करोड १८ लाख ८० हजार रुपैयाँ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad