प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा टेलिकमका संस्थाका कर्मचारीबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा सिंहदरबारमा आयोजिकत कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न उनले आग्रह गरे। उपकरण र प्रविधिका लागि कुनै सहयोग परेमा सरकारले गर्ने प्रतिवद्धता जनाउँदै उनले प्रतिस्पर्धी भावनाका साथ संस्थाको साख माथि उठाउन आग्रह गरे।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव राधिका अर्यालसमेत सहभागी भएको उक्त कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले कर्मचारीबाट जम्मा गरिएको एक करोड २ लाख ७० हजार रकमको विवरणपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरिन्।
Shares

प्रतिक्रिया