कारोबार


पहिलो ३ महिनामा झण्डै ३ अर्बले बढ्यो बैंकहरूको नाफा, कुनको कति?

पहिलो ३ महिनामा झण्डै ३ अर्बले बढ्यो बैंकहरूको नाफा, कुनको कति?

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १२:१२, काठमाडौँ

वाणिज्य बैंकहरुले चालू आवको ३ महिनामा ११ करोडदेखि २ अर्ब ५ करोडसम्म नाफा आर्जन गरेका छन्। 

साउन, भदौ र असोजमा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढेको हो। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वटाको घट्दा १२ वटाको नाफा बढेको बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ।  

विवरणअनुसार गत वर्ष सोही अवधिमा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ पुर्‍याएका हुन्। समग्रमा यो २१.६३ प्रतिशतले बढेको नाफा हो। 

३ महिनामा ग्लोबल आईएमई बैंकको नाफा २३.३६ प्रतिशत, नेपाल बैंकको ३२२.९७, प्रभु बैंकको ०.६२, लक्ष्मी सनराइजको ४२०.५३, नेपाल एसबीआईको ७०.०१, प्राइम कमर्सियलको ११.७५, स्ट्यान्डर्ड चार्टर्डको ४.१७, कुमारी ३०८.५, सिद्धार्थ बैंकको ७९१.५०, एनएमबी १८.९४, एभरेस्ट बैंकमा ४४.४४, नबिल बैंकको ३९.९७ प्रतिशतले नाफा बढेको छ।

तर ८ वाणिज्य बैंकको नाफामा भने संकुचन आएको छ। सानिमा बैंकको १७.२७, हिमालय ३१.२२, माछापुच्छ्रे ७, नेपाल इन्भेष्टमेन्ट मेगा ३.८२, कृषि विकास बैंकको १२९.५०, सिटिजन्स बैंकको १२.५५, एनआईसी एसिया ८९.०६, राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशतले नाफामा गिरावट आएको विवरणले देखाएको छ।

चालू आवको पहिलो त्रैमासिकमा सबैभन्दा बढी नाफा नबिल बैंकले गर्दा सबैभन्दा कम एनआईसी एसियाको रहेको छ।

कुनको कति नाफा?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad