बाढीले बगाएको २५ दिनपछि सिन्धुली–रामेछापमा बेलिब्रिज सञ्चालनमा आएको छ।
यात्रुवाहक सवारीसाधन गुड्न मिल्ने गरी मंगलबारबाट पुलमा गाडी गुड्न थालेका हुन्।
‘आजबाट माइक्रो, सुमो, बस पुलमार्फत रामेछाप सिन्धुली आउजाउ गर्न सक्नेछन्’, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सुई शुभराज न्यौपानेले भने,‘ढुवानीका साधन चल्न भने पुलको भारलोड थप चेकजाँच गर्नुपर्छ।’
असोज ११ बाट आएको ठूलो वर्षाले बीपी राजमार्गसहितका सडकमा क्षति पुर्याएको थियो। रोशी खोलाले बगाएको बीपी राजमार्ग अस्थायी रुपमा दशैँअघि सुरु भए पनि रामेछाप र सिन्धुली जोड्ने बेलिब्रिज नहुँदा घुमेर हिँड्नुपर्ने बाध्यता थियो।


426
Shares

प्रतिक्रिया