कारोबार


मन्त्री खड्काले कुलमानलाई थाहै नदिई बोलाएको प्राधिकरण बैठक स्थगित

मन्त्री खड्काले कुलमानलाई थाहै नदिई बोलाएको प्राधिकरण बैठक स्थगित

नेपालखबर
असोज २३, २०८१ बुधबार ११:२६, काठमाडौँ

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई थाहा नै नदिई बोलाएको प्राधिकरणको बोर्ड बैठक अन्तिम समयमा स्थगित भएको छ।

ऊर्जा मन्त्री खड्काको निर्देशनअनुसार मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीले बोर्डको बैठक बिहान ११ बजे बस्ने सूचना प्राधिकरण सञ्चालक समितिका सदस्यहरूलाई पठाएका थिए।

‘विद्युत प्राधिकरणको बोर्डको बैठक मन्त्रीसँगको सल्लाहमा सदस्य सचिव प्राधिकरणका कार्यकारी निर्देशकले बोलाउने प्रचलन रहेको छ,’ प्राधिकरण बोर्ड सदस्य कपिल आचार्यले भने, ‘मन्त्रालयका सहसचिवबाट बोर्ड बैठक डाकियो। र अन्तिम समयमा स्थगित भएको छ।’

यसरी बैठक किन बोलाइयो र किन स्थगित भयो भनेरचाहिँ सदस्यहरूलाई जानकारी दिइएको छैन

बैठकबारे कार्यकारी निर्देशक घिसिङलाई भने जानकारी नदिइएको उनीनिकट स्रोतले बताएको छ। सामान्यतः प्राधिकरणले बोर्ड सदस्यलाई पत्र पठाएर एजेन्डासहित बैठकको बारेमा जानकारी दिने चलन छ। तर मन्त्रीको निर्देशन अनुसार भन्दै सहसचिव मरासिनीले बिहान ११ बजे बैठक बस्ने सूचना पठाएपछि सदस्यहरू आश्चर्यमा परेका थिए।

‘हामी प्राधिकरण पुगेपछि फेरि मन्त्रीको कार्यव्यस्तता भन्दै बैठक स्थगित गरियो,’ आचार्यले भने,‘अर्को बैठकको विषयमा थप कुनै जानकारी छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad