कारोबार


लहडका भरमा नीति बनाउन हुँदैन : चन्द्र ढकाल

लहडका भरमा नीति बनाउन हुँदैन : चन्द्र ढकाल

नेपालखबर
असोज २१, २०८१ सोमबार १६:३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरू बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताए। 

उनले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरु लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने जिकिर गरे। 

‘हामीले कतिपय चिजहरु नयाँ पोलिसीहरू बनाउने क्रममा कतिपय चिजमा नियम, कानूनहरु परिवर्तन गर्नुपर्छ। तर त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरु लहडमा भएका छन्। राजश्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो। के हिसाबले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो,’ उनले भने, ‘यस्तो किसिमको चिजहरू बनाउँदा हामीले लहडमा बनाउने, लहडमा बन्द गर्ने हुनुहुँदैन। हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनु पर्छ। कतिपय चिजहरु अनुगमनको हिसाबले मात्र राजश्व बढ्छ भन्ने हुँदैन।’

अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्वपूर्ण रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad