कारोबार


नेप्सेको चार्टले देखायो सेयरबजारको उकालो यात्रा : ५६ अंकले बढ्दा यी कम्पनीको सेयरमा लगानीकर्ताको भीड

नेप्सेको चार्टले देखायो सेयरबजारको उकालो यात्रा : ५६ अंकले बढ्दा यी कम्पनीको सेयरमा लगानीकर्ताको भीड

नेपालखबर
असोज २०, २०८१ आइतबार १५:२९, काठमाडौँ

असोज १३ गते २४४४ अंकबाट फर्किएको नेप्सेले त्यसयता लामा हरियो मैनबत्ती चित्र बनाएको छ।

गत साताको सोमबारबाट बढ्न थालेको नेप्सेले यो साताको सुरुवाती दिन आइतबार पनि निरन्तरता पाउँदा नेप्सेले ५६ अंकको उचाइ लिएको हो।

आइतबार नेप्से सूचक ५६.०९ अंकले बढेर २६५३.५८ अंकमा आइपुगेको छ। गत साता चार कारोबार दिनमा तीन दिन सूचकले ११० अंकको उचाइ लिएको थियो। त्यसैको निरन्तरतास्वरुप आइतबारको बजार पनि हरियाली बन्न पुगेको हो। 

आइतबार न्यूनतम २५५८ विन्दु छोएर अधिकतम विन्दु २६५० मा पुगेको नेप्से बन्द हुन पुगेको छ। दिनभरजसो सूचकको वृद्धिले बजार हरियाली बन्दा कारोबार रकमले भने अपेक्षित उचाइ लिन सकेन। 

५६ अंकको वृद्धि देखिए पनि गत साताको अन्तिम कारोबार भएको दिन बुधबारको तुलनामा यो दिन ६४ करोड रुपैयाँले कम कारोबार भएको छ। आइतबार ३०८ वटा कम्पनीको सेयर ६ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको हो। 

गत साता बुलिस देखिएको सेयरबजारमा यो साता लगानीकर्ताले कारोबारमा संयमता देखाइरहेका छन्। चाडबाडको समयमा अक्सर बजारबाट बाहिरिने लगानीकर्ता बढ्ने हुँदा बजार घट्ने सम्भावना बढी हुन्छ। तर ३१ सय अंकमाथि उचालिएर फर्केको बजारले भने दशैँको समयमा वृद्धिको बाटो लिइरहेको छ। 

सूचकले साढे २६ सय अंक पार गरेसँगै कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्य बढेका छन्। आज कारोबारमा आएका ३०८ कम्पनीमध्ये २१९ कम्पनीको सेयरमूल्य बढ्दा २३ वटा कम्पनीको मात्रै मूल्य घटेको छ। 

बजार उचालिएको मौकामा ङादी हाइड्राकोको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ भने मध्यभोटेकोशी, इस्टर्न हाइड्रो, गुडविल फाइनान्सको ९ प्रतिशतभन्दा माथिले सेयरमूल्य बढ्न पुगेको छ। यीबाहेकका कम्पनीहरुको पनि मूल्य बढेका छन् । 

घट्नेमा भने २३ वटा कम्पनीमध्ये पनि वीन लघुवित्त वित्तीय संस्था अगाडि देखिएको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशत मूल्य गिरावटसँगै नकारात्मक सर्किट लागेको छ। योबाहेक कुमारी सबल योजनाको मूल्य ९.४३ प्रतिशतले घट्दा एनआईसी एसिया सेलेक्ट फन्डको ६.७० प्रतिशतले मूल्य घटेको छ। 

कारोबारमा भने आज साहस ऊर्जा अगाडि देखिएको छ। यो कम्पनीको ६३ करोडको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोडको कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad