कारोबार


नेपालमा औषधि निर्यात नरोक्न भारत सहमत

नेपालमा औषधि निर्यात नरोक्न भारत सहमत

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ११:२२,

भारतले औषधि उत्पादनमा कमी आएको तथा भारतमै अभाव हुन थालेको भन्दै विदेश निर्यातमा रोक लगाएको २६ प्रकारको औषधि नेपालमा भने निर्यात नरोक्न सहमत भएको छ।

केही दिनअघि सूचना जारी गर्दै पारासिटामोललगायतका औषधि विदेश निर्यात नगर्ने बताएपछि नेपालले भारतसँग छलफल गरेको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय पक्षसँग गरेको छलफलपछि नेपालमा औषधि निर्यात खुलाउन भारत सहमत भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार दुई देशका सचिवबीच टेलिफोन वार्ता भएको थियो। सोही वार्तापछि भारतले नेपालको प्रस्ताव मानेको मन्त्री भट्टले जानकारी दिए।

उनका अनुसार नेपाललाई चाहिने कुनै पनि अत्यावश्यक वस्तु भारतले निर्यातमा रोक नलगाउने जनाएको छ। कोरोना भाइरसको कारण कच्चा पदार्थ आयातनिर्यातमा समस्या हुँदा आफ्नो उद्योग क्षेत्र प्रभावित हुनथालेको भन्दै उसले औषधि निर्यात नगर्ने निर्णय गरेको थियो। विशेषगरी चीनबाट भारत, बंगलादेश र नेपालले औषधिको कच्चा पदार्थ आयात गर्दै आएका छन्।

तर कच्चा पदार्थ अभावमा केही औषधिको उत्पादनमा कमी आएको भन्दै भारतले निर्यात नगर्ने बताएपछि नेपालमा समेत त्यसको असर देखिने भन्दै भारतलाई निर्यात नरोक्न पहल गरिएको हो।

उनले कुनै पनि वस्तु अभाव नहुने गरी नेपालमा मौज्दात रहेको समेत स्पष्ट पारे। अभाव सिर्जना हुने गरी बिक्रीवितरणमा असहजता पैदा गराउनेलाई कारबाहीको दायरमा ल्याउने समेत उनले उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रममा शुक्रबार बताए।

उनले भने, ‘नेपालमा अत्यावश्यक कुनै पनि वस्तु अभाव हुँदैन, ती वस्तुहरुको मौज्दात सरकारी संथानहरुमा रहेको छ।’

कनु वस्तुको मौज्दात कति?
पेट्रोलियम पदार्थ नौ दिनलाई पुग्ने गरी ६८ हजार ३ सय ६४ केएल मौज्दात रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यास समेत सात दिनलाई पुग्ने मौज्दात छ। यो वस्तु आयातमा समेत कुनै समस्या नरहेको मन्त्रालयले दाबी गरेको छ।

दैनिक रुपमा अत्यावश्यक नुन ६ महिनालाई पुग्ने र चिनी झण्डै एक वर्षलाई पुग्ने गरी मौज्दात छ। त्यस्तै, चामल १० हजार मेट्रिकटन संस्थानहरुमा रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मास्क र ह्याण्ड सेनिटाइजर नेपालमा केही अभाव तथा महंगो हुन थालेकोले यस्ता वस्तुलाई केही भन्सार छुट गराउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad