ad ad

कारोबार


नेपालको क्रेडिट रेटिङका लागि आएको टोलीले देखायो यी ४ कुरामा चासो

नेपालको क्रेडिट रेटिङका लागि आएको टोलीले देखायो यी ४ कुरामा चासो

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १७:४५, काठमाडौँ

नेपालले बुधबारदेखि देशको क्रेडिट रेटिङ अर्थात् नेपालको सार्वभौम साख मूल्यांकन गराइरहेको छ। 

यसका लागि फिच क्रेडिट रेटिङ कम्पनीको टोली नेपाल आएको छ।

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईले अहिले क्रेडिट रेटिङको काम भइरहेको बताए। 

बुधबारदेखि नै क्रेडिट रेटिङको काम चलिरहेको उनले बताए। 

‘यो गराउने कि नगराउने, कोबाट गराउने भन्ने कुरा हो। यसका लागि अन्तर्राष्ट्रिय कम्पनीहरु छन्’, उनले भने, ‘विभिन्न देशहरुले क्रेडिट रेटिङ गराएका छन्। यसको अवस्था के छ भनेर गराउन खोजिएको हो।’ 

नेपालले कोभिडअघि नै गराउन खोजे पनि रोकिनपुगेको थियो।  

‘यसको रिपोर्ट आउन २/४ महिना लाग्छ होला। अन्तिममा उहाँहरुले हाम्रो अवस्थाबारे के दिनुहुन्छ, त्यसपछि हामीले के गर्ने भन्ने हुन्छ।’ 

साख मूल्यांकनका लागि टोलीमा सहभागीहरुले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालन लगायतका विषयमा चासो व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।

सार्वभौम क्रेडिट रेटिङ भनेको कुनै देशको ऋण लिनसक्ने योग्यता र तिर्ने क्षमताको स्वतन्त्र अध्ययन हो। यसले लगानीकर्ताहरुलाई त्यो देशमा लगानी गर्न त्यससँग जोडिने जोखिमको स्तरबारे जानकारी दिन्छ। 

यस्तो क्षमता र योग्यता भुक्तानीको इतिहास र क्रेडिट स्कोरजस्ता धेरै कुराहरुले निर्धारण गरेका हुन्छन्। केही लगानीकर्ता संस्थाले डुब्नसक्ने सम्भावनालाई हेरेर त्यो देशमा उपलब्ध सम्पत्ति र तिर्नुपर्ने दायित्वबारे पनि विचार गर्छन्। 

यसैबीच टोलीले बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ। 

भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .