ad ad

कारोबार


नेपालमा रोयल इनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

नेपालमा रोयल इनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

नेपालखबर
भदौ २४, २०८१ सोमबार २०:३१, काठमाडौँ

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ।

यो टेस्ट राइड ट्रयाक एक्सपेरियन्स भदौ २१ देखि २३ (सेप्टेम्बर ६ देखि ८) सम्म सञ्चालन गरिएको थियो।

कम्पनीका अनुसार हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले अफरोडिङ अनुभव प्रदान गरेको थियो।

अफ–रोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको छ।

अल्फा अटोमोटिभ प्रालिले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसि शेर्पा इन्जिन लन्च गरेको थियो।

हिमालयन ४५० को प्रारम्भिक मूल्य रु ९ लाख ८९ हजार ५०० रहेको छ भने टप भेरियन्टको मूल्य रु १० लाख ३९ हजार ५०० रहेको छ।

हिमालयन ४५० मा ४ भेरियन्टहरू छन् जसमा काजा ब्राउनको मूल्य रु। ९ लाख ८९ हजार ५००, स्लेट पपी ब्लूरस्लेट हिमालयन साल्टको मूल्य रु ९ लाख ९९ हजार ५००, क्यामेट व्हाइटको मूल्य रु १० लाख १८ हजार ५०० र हान्ले ब्लाकको मूल्य रु १० लाख ३९ हजार ५०० रहेको छ।

कम्पनीका अनुसार ४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित यो मोटरसाइकलले रोयल इन्फिल्डको मजबुदताले आधुनिक प्राविधिक सुधारसहित संयोजन गर्दछ, जसले गर्दा सहरका सडकहरू र नेपालको प्राकृतिक सुन्दरताले भरिएको पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राहरुको लागि सर्वोत्कृस्ट रहने छ।

रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० विशिष्ट रूपमा अगाडि आएको छ। यस हिमालयनले इण्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड विजेता प्राप्त गरेको छ। हिमालयन प्लेटफर्ममा आधारित यो ४५० भेरिएन्टले विविध भू–भागमा (तराई – पहाड – हिमाल) उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ।

यसको मस्कुलर डिजाइन र उन्नत सस्पेन्सन प्रणालीले सहरका सडकहरूमा होस् या एडभेन्चर रुटहरुमा, सुमधुर र रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्ने कम्पनीको भनाई छ।

हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन्।

रोयल एन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९.४४ किलोवाट रहेको छ भने म्याक्सिमम टर्क ४० एनएम एट ५५०० आरपीएम रहेको छ। हिमालयन ४५० सीसीमा १७ लिटरको फ्युल ट्यांकी छ, जसले लामो यात्रा सुनिश्चित गर्दछ।

सामुन्ने पांग्राको साइज ९०–९०/२१ छ भने पछाडि पांग्राको साइज १४०/८० आर १७ छ। यस बाइकमा २३० मिमिको उच्च ग्राउन्ड क्लियरेन्स छ।

डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो टीएफटी डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गूगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन, र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन्, जसले यात्रालाई थप स्मार्ट र सुविधाजनक बनाउँछ।

मोटरसाइकलको सजीव डिजाइनलाई यसको टिकाउ फ्रेम र उच्च ग्राउन्ड क्लियरेन्सले पूरक बनाउँछ, जसले यसलाई लामो यात्राहरू र साहसिक यात्राहरूका लागि उत्कृष्ट बनाउँछ।

मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरु समावेश छन्, जसले क्लासिक सौन्दर्यलाई आधुनिक कार्यक्षमतासँग मिलाउँछ।

एड्भेन्चर स्पिरिट मनाउन र हिमालयन ४५० राइड गर्दा पाइने अनुपम रोमाञ्चकताका लागि सामेल हुन कम्पनीले सबैमा आग्रह गरेको छ। हिमालयन ४५० अल्फा अटोमोटिभ प्रा लिका नेपालभर रहेका २४ ओटै शोरुममा उपलब्ध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .