आन्तरिक राजस्व विभागले उपभोक्ताले तिरेको मूल्यअभिवृद्धि कर (भ्याट)को १० प्रतिशत फिर्ता पाउने व्यवस्था गरेको छ।
एक सूचना जारी गर्दै विभागले मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुराँ) तथा सबै प्रकारका होटल, मोटल, लज, गेस्ट हाउस व्यवसायहरुबाट प्रदान गरिने सेवामा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता हुने जनाएको हो।
मूल्यअभिवृद्धि कर ऐन २०५२ को दफा २५ को उपदफा १ को खण्ड १ (ख) मा कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुनअनुसार विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहनस्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रियाअनुसार निजको बैंक खातामा फिर्ता गरिनेछ भन्ने व्यवस्था छ।
सोहीअनुसार यही भदौ २१ गते विभागले उक्त खरिदमा उपभोक्तालाई भ्याट फिर्ता गर्ने निर्णय गरेको हो।
यसमा विभागले ५ वटा शर्त राखेको छ। के–के?

Shares

प्रतिक्रिया