ad ad

कारोबार


जनार्दनको जिकिर : बूढीगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु जानीबुझी घाटामा पार्नु हो

जनार्दनको जिकिर : बूढीगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु जानीबुझी घाटामा पार्नु हो

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १५:१८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले विद्युत खपतको विषय पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।

आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले प्राथमिक योजना खपत भएपछि देशको आर्थिक विकाससँग जोड्न सकिने बताए। उनले उर्जा मन्त्रालयले दोस्रो प्राथमिकतामा व्यापारलाई राख्नुपर्ने बताए।

उनले भने, ‘जलाशययुक्त आयोजनाको बारेमा पुनरावलोकन गर्नुपर्छ। समयको र रेटको हिसावले पनि सोच्नुपर्छ। पहिलो प्राथमिकता विद्युत खपतको राख्नुपर्छ। प्राथमिक योजना खपत हुनुपर्छ। प्राथमिक योजना खपत भएपछि देशको आर्थिक विकाससँग जोडिने विषय भयो। एक नम्बर प्राथिमकता खपत र दोस्रो प्राथमिकता व्यापार हुनुपर्छ।’

पूर्वमन्त्री शर्माले बूढीगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु भनेको जानिबुझी घाटामा पार्नु सरह रहेको जिकीर गरे।

शर्माले थपे, ‘बूढीगण्डकी जलविद्युत आयोजना बनाउने हो, लगानी कहाँबाट जुट्छ, त्यहीँबाट जुटाउने हो। बूढीगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु भनेको जानिबुझी घाटामा पार्नु हुन्छ। सरकारको, लगानीकर्ताको नाफास्तरमा पुग्नेगरी गर्नुपर्छ।’

उपमहासचिव शर्माले नेपालबाट निर्यात गर्ने बिजुली नेपाली भएर जान पाउने व्यवस्था गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .