ad ad

कारोबार


‘डेडिकेटेट र ट्रंक लाइनको विषयमा बहस आवश्यक छैन’

‘डेडिकेटेट र ट्रंक लाइनको विषयमा बहस आवश्यक छैन’

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १५:१०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेट र ट्रंक लाइनको विषयलाई विवादको विषय बनाउन आवश्यक नरहेको बताएका छन्।

आइतवार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वऊर्जामन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

उनले विद्युतको विषयमा उद्योग व्यवसायीहरूले उठाएको विषय अहिले चर्चाको विषय रहेको भन्दै यसमा विवाद र बहस गर्न आवश्यक नरहेको बताए।

उनले भने, ‘कतिपय कुरा कानूनतः, नियमतः प्राप्त गर्नुपर्ने हो, कति होइन भन्नेकुराको निर्क्यौल गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई छ र नियामक निकाय पनि बनेको छ। त्यसको आधारमा नियमतः जे दिनुपर्ने हो सम्बन्धित व्यवसायहरूले त्यो दिनुपर्छ। तर त्यो कति दिनुपर्ने हो, कति होइन भन्नेकुराको निर्धारण विभिन्न बेलामा भएका निर्णय, अदालतको आदेश पनि छ। यसमा विवाद गरिरहनुपर्ने केही कारण नै छैन।’

उनले नियामक निकायले भनेको रकम उठाउन र लिन नभनेको विषयलाई लिएर विवाद सिर्जना नगर्न आग्रह गरे। नेता महतले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले जायज विषयमा निर्देशन दिएको भन्दै त्यसबारे बहस आवश्यक नरहेको जिकिर गरे।

महतले थपे, ‘लेखा समितिले साधरण जे जायज हो, जे नियमतः दिनुपर्ने हो त्यो लिनुपर्ने भन्ने निर्णय हो। त्यो भनेपछि सकियो। नियमतः उठाउनुपर्ने कुरा उठाउनुपर्छ। नियामक निकायले जे व्यवस्था गरेको छ, सम्झौतामा जे व्यवस्था छ, त्यो अनुसार उठाउने हो, २० अर्ब हो की १५ अर्बको हो की, २५ अर्ब हो। त्यसलाई बहसको विषय बनाउनुपर्ने आवश्यकता छैन।’

सांसद महतले प्रशारण लाइनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .