चालू आर्थिक वर्षको पहिलो महिनामा २.१६ प्रतिशत मात्रै खर्च भएको छ।
साउन महिनामा साढे ६ प्रतिशत आम्दानी गर्दा खर्च २.१६ प्रतिशत भएको हो।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार राजस्व लक्ष्यको ६.६८ प्रतिशत उठेको छ। अर्थात् एक महिनामा ९४ करोड ७४ लाख रुपैयाँ संकलन भएको छ। सरकारको राजस्व संकलन लक्ष्यभन्दा कम उठेको छ।
कुल ४० अर्ब खर्चमध्ये १२ अर्ब ३८ करोड चालूतर्फ, पुँजीगततर्फ ८ अर्ब ५५ करोड र वित्तीय व्यवस्थातर्फ १९ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ।
सरकारले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको छ।
69
Shares
प्रतिक्रिया