कारोबार


दक्षिण कोरियाका पूर्वमन्त्रीसँग मन्त्री पाण्डेले गरे नेपाल र कोरियाबीच हवाइ भाडा महँगो भएको गुनासो

दक्षिण कोरियाका पूर्वमन्त्रीसँग मन्त्री पाण्डेले गरे नेपाल र कोरियाबीच हवाइ भाडा महँगो भएको गुनासो

नेपालखबर
साउन २८, २०८१ सोमबार १६:३८, काठमाडौँ

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्वपर्यटनमन्त्री युजिन रोंङबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोंङसहितको प्रतिनिधिमण्डलले सोमबार पर्यटनमन्त्रीसँग भेटवार्ता गरेका हुन्। 

भेटका अवसरमा मन्त्री पाण्डेले नेपाल र कोरिया सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे। 

मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबीच संस्कृति शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्ने बताए। 

मन्त्री पाण्डेले नेपाल र कोरियाबीचको हवाइ भाडा केही महंगो भएको विषयमा आम जनगुनासो रहेको ध्यानाकर्षण गराएका छन्। 

उनले भने, ‘५० हजारभन्दा बढी नेपाली कोरियामा बस्नुहुन्छ। उहाँहरूलाई आउजाउ गर्न प्लेन भाडा महंगो हुने गरेको गुनासो गर्नुहुन्छ। यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस्।’

नेपालमा कोरियाबाट हरेक वर्ष ३० हजार पर्यटक आउने गरेको तथ्यांक रहेको बताउँदै कोरियाका पूर्वमन्त्री यु जिनले नेपाल कोरिया दुई मित्र देशबीचको मित्रवत सम्बन्धको प्रशंसा गर्दै हवाइ भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताएका छन्। 

उनले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तो समेत दिएका छन्। साथै उक्त भ्रमणले नेपालमा कोरियाली पर्यटक भित्रिनेमा विश्वास समेत व्यक्त गरे।  मन्त्री पाण्डेले आफू पनि कोरियाको भ्रमणमा आउनका लागि उच्च प्राथमिकता राख्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad