कारोबार


उड्डयन प्राधिकरण भन्छ- भिजुअल फ्लाइट रुट नमान्दा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

उड्डयन प्राधिकरण भन्छ- भिजुअल फ्लाइट रुट नमान्दा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

नेपालखबर
साउन २४, २०८१ बिहिबार १३:०, काठमाडौँ

नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन्।

उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने बताएका छन्। सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ।

महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलील पेस गरे। 

उनले भने, ‘टावरबाट सम्पर्कविच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौँ। मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो। तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउनेबित्तिकै खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो। र नेपाल सरकारले यो दुर्घटना छानबिन आयोग गठन गरिसकेको अवस्थामा यसको रुटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्न।’

उनले बिहीबार बिहानै मन्त्री, सचिवसहित दुर्घटनास्थल पुगेर हेरेको बताए। यसको रुट कजचाहिँ छानबिन आयोगले नै बताउने उनको भनाइ थियो।

‘ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरि ठोक्किएको देखिन्छ’, उनले भने, ‘योचाहिँ पाइलटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुटअनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानुनले वर्जित गरेको विषय हो। यो रुटकज भनेको भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा। यसको डिटेल इन्भेस्टिगेसन सरकारले गठन गरेको आयोगले नै बताउला।’

बुधबार भएको उक्त दुर्घटनामा चार चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad