नेपाली सेनाले बहु व्यवसाय उद्योग अन्तर्गत कीर्तिपुरको चोभारमा निर्मित पञ्चु तथा पाल सायर सञ्चालन गरेको छ।
सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित प्लान्टको प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।
नेपाली सेनाको बन्दोबस्ती प्रणालीलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सैनिक सामाग्रीहरू उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले यस प्लान्टको स्थापना गरिएको सेनाले जनाएको छ।
यस प्लान्टको स्थापनासँगै नेपाली सेनालाई आवश्यक पर्ने गुणस्तरीय पञ्चु तथा विभिन्न प्रकारका पाल सायरहरूको उत्पादन हुनेछ।
कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देलले उक्त प्लान्टको अवलोकन तथा निरीक्षण गरी नव निर्मित प्लान्टका विविध पक्षहरूबारे जानकारी लिएका थिए। सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो।
Shares
प्रतिक्रिया