ad ad

कारोबार


३५ अंकले नेप्से बढेपछि १८९ कम्पनीका लगानीकर्ताले कमाए, १७ अर्बको किनबेच

३५ अंकले नेप्से बढेपछि १८९ कम्पनीका लगानीकर्ताले कमाए, १७ अर्बको किनबेच

नेपालखबर
साउन १५, २०८१ मंगलबार १५:२१, काठमाडौँ

सेयरबजारमा १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ। ४ करोड ३ लाख ७१ हजार बढी कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज नेप्सेलाई होटल र पर्यटन, जलविद्युत्, फाइनान्स र विकास बैंक समूहले टेवा दिएपछि सूचक ३५.५५ अंकले बढेको हो। योसँगै नेप्से २६९६.६५ विन्दुमा अडिएको छ। आज वाणिज्य बैंक, सामूहिक लगानी कोष, निर्जीवन बीमा र व्यापार समूह भने रातो रहन पुगे। 

आज लगानीकर्ताले हिमालयन रिको ६० करोडको कारोबार गर्दा शिवम् सिमेन्टको ३७ करोड ६७ लाखको सेयर किनबेच गरे। त्यसैगरी सोल्टी होटलको ३६ करोड ४३ लाखको, नेपाल फाइनान्सको ३५ करोड ३८ लाख र चिलिमे हाइड्रोको २७ करोड ७६ लाखको सेयर किनबेच भयो। 

१८९ कम्पनीका लगानीकर्ताले कमाए 
आजको कारोबारमा १ सय ८९ कम्पनीका लगानीकर्ताले कमाएका छन्। यसमध्ये सबैभन्दा बढी कमाउने प्रोग्रेसिभ फाइनान्स, वरुण हाइड्रो, साञ्जेन जलविद्युत् र नेपाल वेयरहाउजिङ कम्पनीका सेयरधनीले १० प्रतिशत प्रतिसेयर आम्दानी गरे। 

एसियन हाइड्रोपावरका लगानीकर्ताले भने १० प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ। यसबाहेक लगानीकर्ताले ६.११ प्रतिशतसम्मको अधिकतम नोक्सानी व्यहोरेका छन्। 

यसअघि बजारमा आइतबार करिब १६ अर्ब, सोमबार साढे १९ अर्बको कारोबार भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .