ad ad

कारोबार


दोस्रो बजारमा आउन नपाएका पब्लिक कम्पनीका लगानीकर्ताले एकै वर्ष गरे ५ अर्बमाथिको सेयर कारोबार

दोस्रो बजारमा आउन नपाएका पब्लिक कम्पनीका लगानीकर्ताले एकै वर्ष गरे ५ अर्बमाथिको सेयर कारोबार

नेपालखबर
साउन १०, २०८१ बिहिबार १८:३८, काठमाडौँ

धितोपत्र नेप्सेमा सूचीकरण नै नभई नेप्सेमार्फत नै खरिदबिक्री हुने क्रम बढेको छ। 

आर्थिक वर्ष २०८०/२०८१ मा मात्रै लगानीकर्ताले ओटीसी मार्केटबाट २४४ वटा कम्पनीहरुको ३ करोड ६५ लाख कित्ता सेयर ५ अर्ब ४ करोड रुपैयाँमा खरिदबिक्री गरेका हुन्।

आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ८५ करोड रुपैयाँको यस्तो कारोबार भएको थियो। तुलनात्मक रुपमा यो वर्षमात्रै लगानीकर्ताले यस्तो कारोबारमा ७६.३३ प्रतिशतले बढी गरेका हुन्।

नेपाल स्टक एक्स्चेन्जले नेप्सेमा सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयरको कारोबार ओटीसी मार्केट (ओभर द काउन्टर) गर्नसक्ने व्यवस्था गरेको छ।

नेपाल स्टक एक्सेन्जले सूचीकरण नभएको कम्पनीहरुको सेयर कारोबारका लागि २०६४ सालदेखि सञ्चालनमा ल्याएको हो। जहाँ धितोपत्रको दोस्रो बजार (नेप्से) मा कारोबार हुन नपाएका, सूचीकरण हुन नसकेका, सूचीकरण भएर पनि खारेज भएका तथा कागजात पूरा गर्न नसक्दा बजारमा आउन नपाएका सार्वजनिक कम्पनीहरुको सेयर कारोबार हुने गर्छ। 

सोहीअनुसार एक वर्षमै लगानीकर्ताले यस्ता कम्पनीहरुको सेयरमा ५ अर्बमाथिको कारोबार गरेका हुन्। यस्तो कारोबार वर्षैपिच्छे बढ्दै गएको नेप्सेको तथ्यांक छ।

पछिल्लो समय आईपीओ निष्काशन रोकिएकै ७ महिनाभन्दा बढी भइसकेको छ। जसले गर्दा अझै पनि ३४ वटा कम्पनी नेप्सेमा सूचीकरण हुन पालो कुरेर बसिरहेका छन्। 

यस्तो अवस्थामा यो वर्ष सूचीकरण नै नभई हुने सेयर कारोबार उल्लेख्य बढेको हो। जसमा २ सय ४४ वटा सार्वजनिक कम्पनीहरुले अर्बमाथिको कारोबार गरिरहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .