ad ad

कारोबार


२५ सयमा पुगेर फर्कियो नेप्से, कारोबार पनि १३ अर्बमा सीमित

२५ सयमा पुगेर फर्कियो नेप्से, कारोबार पनि १३ अर्बमा सीमित

नेपालखबर
साउन ७, २०८१ सोमबार १५:१९, काठमाडौँ

लगातार बढेको नेप्से सूचकले सोमबार भने ‘करेक्सन’ लिएको छ। 

कारोबार खुलेको केही मिनेटमै २५ सय अंक पार गरे पनि अन्ततः नेप्से सूचक १४८८ अंकमा आएर बन्द हुन पुग्यो। 

छोटो अवधिको नाफा निकाल्न लगानीकर्ता अभ्यस्त देखिँदा आज बजार दिनभरजसो राताम्मे बन्न पुग्यो। ४४ अंकसम्मले घटेको बजार अन्तिम समयतिर आएर सम्हालिदा सामान्य वृद्धिसँगै बन्द भएको हो। 

समग्रमा बजार २.१५ अंकले बढेर २४८८.०९ अंकमा बन्द भएको हो। 

गएको दुई हप्तादेखि बजार लिड गरिरहेको बैंकिङ समूह, विकास बैंक, लगानी लगायतका समूह आज करेक्सनमा गएका हुन्। आज बैंकिङ समूहको उपसूचक १.२३ प्रतिशत, विकास बैंकको ०.६३ प्रतिशत र लगानीको ०.४७ प्रतिशतले घटेको हो। 

दिनभर राताम्मे बनेको बजारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक २.१६, अन्य समूहको १.४३, व्यापारको १.८६, जलविद्युतको १.७४ र फाइनान्सको ०.७१ प्रतिशतले बढेको हो। 

घट्दो बजारमा पनि उपसूचकमा देखिएको वृद्धिका कारण कम्पनीगत रुपमा ११५ वटा कम्पनीको मूल्य बढ्न पुगेको हो। आज मुक्तिनाथ कृषि कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा, नेपाल फाइनानसको ८.६७ प्रतिशत, छ्याङ्दी हाइड्रोका ७.९० र बलेफी हाइड्रोको ६.८६ प्रशितको मूल्यवृद्धिसहित अंग्रपंक्तिमा छन्। 

घट्नेमा भने १२१ वटा कम्पनी छन्। जसमध्ये गणपति लघुवित्तको ९.९४ प्रतिशत, सिक्लेस हाइड्रोको ८.६६ प्रतिशतले मूल्य घटेको छ। 

खरिद चाप बढाएका लगानीकर्ताले आज ३०९ कम्पनीका ३ करोड ९७ लाख कित्ता सेयर १३ अर्ब ९१ करोड रुपैयाँमा खरिदविक्री गरेका छन्। 

आइतबार सवा १५ अर्बको कारोबार गरेका लगानीकर्ताले बजार घट्न थालेपछि आजको कारोबारलाई पनि खुम्च्याएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .