ad ad

कारोबार


साताको सेयर बजार : साढे १८ अर्बको कारोबार

साताको सेयर बजार : साढे १८ अर्बको कारोबार

नेपालखबर
फागुन १७, २०७६ शनिबार ११:२०,

लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ। साताको चार दिन बजार उच्च अंकले बढ्यो भने एक दिन सामान्य गिरावट भयो। सातामा नेप्से परिसूचक १९७.६० अंकले बढ्यो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १८० कम्पनीका चार करोड ४९ लाख ४४ हजार ११३ कित्ता सेयर कूल रु १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४०७ मा खरिद बिक्री भए। साताको पहिलो दिन नेप्सेमा उच्च अंकको वृद्धि देखियो। आइतबार नेप्से झण्डै ७० अंकले बढ्यो। ‘बुलिस टे«न्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो।

लामो समयपछि बजारमा आइतबार ‘सर्किट ब्रेक’समेत लगाउनुप¥यो। लगानीकर्ता ओइरिएर सेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाब पर्न गयो। सोही कारण कारोवार सुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनुपरेको थियो। सो दिन कूल १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर रु तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए।

साताको दोस्रो दिन नेप्सेमा सामान्य गिरावट आयो। सोमबार नेप्से १.९६ ले घट्यो। नेप्से झिनो अंकले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रह्यो। सो दिन कूल १७९ कम्पनीका कूल ८३ लाख ४८ हजार २३४ कित्ता सेयर रु तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोबार भए।

सोमबार केही गतिरोध आएको बजारमा मंगलबार भने भारी सुधार देखियो। उक्त दिन नेप्से ४३.०२ ले बढ्यो। नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भयो। कूल १८० कम्पनीका ७० लाख ५९ हजार ७१२ कित्ता सेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर खरिदक्रिी भए।

धितोपत्र बजारमा नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम बुधबार पनि जारी रह्यो। सो दिन नेप्से परिसूचक ५०.९३ अंक बढ्यो। बुधबार कूल १८० कम्पनीका ९९ लाख छ हजार ९८९ किता सेयर रु चार अर्ब १५ करोड ४८ लाख ८३ हजारमा कारोबार भए।

साताको अन्तिम दिन नेप्से ३६।०५ अङ्कले बढेर एक हजार ६३२।१७ मा पुुगेर रोकियो। नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुग्यो। बिहीबार कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .