ad ad

कारोबार


आजबाट निष्काशनमा आयो सूर्योदय वोमी लघुवित्तको एफपीओ, ८ गतेसम्म आवेदन दिन पाइने

आजबाट निष्काशनमा आयो सूर्योदय वोमी लघुवित्तको एफपीओ, ८ गतेसम्म आवेदन दिन पाइने

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १२:१३, काठमाडौँ

सूर्योदय लघुवित्त वोमी लघुवित्त वित्तिय संस्थाले आजबाट ४६ हजार ७ सय २९ कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गरेको छ।

लघुवित्तले आजबाट प्रतिकित्ता १ सय मूल्यमा एफपीओ निष्काशनमा ल्याएको हो। 

साबिकको सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जर भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पुँजी ९१ करोड ७ लाख रुपैयाँ छ।

यसमा संस्थापक सेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको छ भने सर्वसाधराण सेयर २९.६४ प्रतिशत छ। लघुवित्तले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशनमा ल्याएको हो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने कम्पनीहरुका लागि अन्तिम स्वीकृति प्रदान गर्दा कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधरणको हुनुपर्ने व्यवस्था गरेको छ।

त्यसैले कम्पनीले सर्वसाधारणको हिस्सा बढाउन एफपीओ निष्काशनमा ल्याएको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट निष्काशनका लागि असार २३ गते अनुमति पाएको थियो।

सोहीअनुसार साउन ४ देखि साउन ८ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरेको छ। 

यस्तो छ कम्पनीको वित्तीय विवरण 
एफपीओ निष्काशन गरेको यो कम्पनीको आव २०८०/८१ मा प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ ६३ पैसा रहेको छ भने आव २०८०/८१ मा यस्तो  रकम १७९ रुपैयाँ १९ पैसा र आव २०८२/८३ मा १९५ रुपैयाँ ४१ पैसा पुग्ने प्रक्षेपण छ। 

यस्तै प्रतिसेयर आम्दानी पनि आव २०८०/८१ मा ८ रुपैयाँ ९८ प्रतिशत छ भने चालू वर्षमा १३.५६ रुपैयाँ र अगामी वर्ष १६.२१ रुपैयाँ पुग्ने कम्पनीको लक्ष्य छ। 

आव २०८०/८१ मा कम्पनीको सञ्चित नाफा २२ करोड ९५ लाख रुपैयाँ छ भने चालू आवमा ३२ करोड ६४ लाख र आगामी वर्ष ४४ करोड २२ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । 

लगानी कति सुरक्षित छ भन्ने कुराका लागि कम्पनीको रेटिङ हेर्नुपर्छ। लघुवित्तलाई केयर रेटिङस नेपाल लिमिटेडले केयर माइनस एनपी बीबी रेटिङ प्रदान गरेको छ। यसले मध्यम खालको वित्तीय जोखिम रहने देखाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .