ad ad

कारोबार


२३ अंकले बढ्यो नेप्से सूचक, यी कम्पनी परे लगानीकर्ताको रोजाइमा

२३ अंकले बढ्यो नेप्से सूचक, यी कम्पनी परे लगानीकर्ताको रोजाइमा

नेपालखबर
असार २६, २०८१ बुधबार १५:२४, काठमाडौँ

आर्थिक वर्षको अन्त्यतिर लगानीकर्ता सेयर बिक्री गरेर सेटलमेन्टतिर लाग्ने क्रम यो वर्ष रोकिएको छ। चालु आव सकिँदै गर्दा लगानीकर्ताले बिक्रीलाई भन्दा खरिदलाई प्रथामिकतामा राखेको हुन्। फलस्वरुप बुधबार पनि नेप्से सूचक २३ अंकले बढेको हो। मंगलबार १५.७९ अंकले नेप्से बढेको थियो।

आव सकिँदै गर्दा लगानीकर्ताले आर्थिक दायित्व पूर्तिका लागि भन्दै सेयर बिक्रीलाई बढाउने गर्थे। तर अहिले लगानीकर्ताले खरिदमा जोड दिदा नेप्से सूचक सँगै कारोबार रकम पनि निरन्तर बढ्न पुगेको हो।

बुधबार नेप्स सूचक दोहोरो अंकले बढेर २१७५.४० अंकमा पुगेको छ। यो दिन लगानीकर्ताले ५ अर्ब ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री गरेका हुन्। मंगलबार लगानीकर्ताले ५ अर्ब ५३ करोड रुपैयाँको शेयर खरिदबिक्री गरेकोमा आज त्यस्तो रकम बढाएका हुन्।

बुधबारको सेयर कारोबारबाट १९४ कम्पनीको मूल्य बढेको छ भने ४६ वटा कम्पनीको घटेको छ। जसमा बलेफी हाइड्रो सर्किट लेबलमा मूल्य बढ्नेमा एक नम्बरमा छ भने सिक्लेस हाइड्रोको ८ प्रतिशतभन्दा धेरैले बढेको हो।

घट्नेमा भने बुद्धभूमी नेपाल हाइड्रो छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावटसँगै आज नकारात्मक सर्किट लागेको हो। यो बाहेक समाज लघुवित्तको मूल्यपनि सर्किट लेबलमै घटेको छ।  

समग्रमा आजको बजारमा बैकिङ समूह १.६९ प्रतिशत र माइक्रोफाइनान्स समूह १.५४ प्रतिशतले बढेको छ भने अन्य १० वटा समूहको सूचक पनि सामान्य अंकले बढेर हरियाली बनेको छ। 

आज विकास बैंकको सूचकमा भने गिरावट देखिएको हो। सूचकमा ०.२९ प्रतिशतको गिरावट सहित यो समूह आज राताम्मे बनेको छ।

कारोबारको आधारमा भने हाथवे इन्भेष्टमेन्ट अग्रस्थानमा छ। लगानीकर्ताले आज एकै दिन यो कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर काराबार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .