ad ad

कारोबार


नेपालमै बनेको एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी सुविधा

नेपालमै बनेको एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी सुविधा

नेपालखबर
असार ९, २०८१ आइतबार ११:५०, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरु रहेको एनसेलको ‘सधैं अन’ योजना अन्तर्गत गरिएको यस सम्झौताअनुसार अब माछापुच्छ्रे बैंक लि.मा आफ्नो खाता भएका एनसेलका ग्राहकहरुले बैंकको मोबईल बैकिङ्ग एप एमबीएल एम–स्मार्टको चेकआउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरु खरिदका लागि भुक्तानी गर्न सक्नेछन्।

यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरुले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंक लि.को खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन्। 

सम्झौताले ग्राहकको डिजिटल यात्रालाई अहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंक लि.ले लिएको छ। एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ।

माछापुच्छ्रे बैंक नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढी छ। फरक–फरक माध्यमहरुमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैँ तत्पर रहँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .