ad ad

कारोबार


बेस्ट फाइनान्सले सय रुपैयाँ प्रतिकित्तामै लिलामीमा राख्यो साढे ३ लाख कित्ता सेयर

बेस्ट फाइनान्सले सय रुपैयाँ प्रतिकित्तामै लिलामीमा राख्यो साढे ३ लाख कित्ता सेयर

नेपालखबर
असार ३, २०८१ सोमबार १२:३३, काठमाडौँ

बेस्ट फाइनान्स कम्पनीले न्यूनतम मूल्यमै संस्थापक सेयर लिलामीमा राखेको छ।

कम्पनीले १ सय प्रतिकित्ताका दरमा ३ लाख ५६ हजार ७४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

कम्पनीले मंगलबारबाट आवेदन दिनमिल्ने गरि सर्वसाधारणका लागि पनि संस्थापक सेयर विक्री गर्ने बाटो खोलेको हो । 

कम्पनीको संस्थापक सेयर आवेदनका लागि संस्थापक सेयरधनीमात्रै नभएर व्यक्ति, संस्था वा कम्पनीहरुले समेत योग्य रहनेछन् । 

इच्छुक लगानीकर्ताले असार ४ गते देखी असार११ गतेसम्म कम्पनीको केन्द्रीय कार्यलय तथा शाखाहरुमा र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरुमा आवेदन बुझाउनु सक्नेछन् । 

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .