ad ad

कारोबार


४ महिनायताकै उच्च सेयर कारोबार, ९३ कम्पनीको मूल्य बढ्यो

४ महिनायताकै उच्च सेयर कारोबार, ९३ कम्पनीको मूल्य बढ्यो

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १६:२०, काठमाडौँ

सेयरबजारमा ४ महिनायताकै ठूलो कारोबार भएको छ। 

नेप्से सूचक ९.३२ अंकले घटे पनि आज बिहीबार ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ। 

यसअघि २०८० माघ ७ मा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको कारोबार भएको थियो। त्यसको भोलिपल्ट ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको थियो। 

आज भएको कारोबार त्यसयताकै पहिलो ठूलो कारोबार हो। यस दिन नेप्से २११२.२९ विन्दुमा छ। 

बिहीबार १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

योसँगै ९३ वटा कम्पनीको सेयर मूल्य बढेको, १४८ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

आज दुईवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्स र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः ३९.६० रुपैयाँ र १४६.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरेको छ। 

त्यसैगरी साधना लघुवित्त (९.९९ प्रतिशत), सप्तकोशी डेभलपमेन्ट बैंक (९.८२ प्रतिशत) र वाराही हाइड्रोपावर (९.७४ प्रतिशत)का लगानीकर्ताले पनि क्रमशः १०८.५०, ३२ र ६३ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

त्यसैगरी मध्यसोलु हाइड्रोपावरको सेयरमा भने नकारात्मक सर्किट लाग्दा सेयरधनीले ७७ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यसबाहेक भगवती हाइड्रोपावर, एनआरएन हाइड्रोपावर एन्ड डेभलपमेन्टलगायतको सेयर मूल्य पनि घटेको छ। 

आज नेपाल फाइनान्सको सर्वाधिक २८ करोड ४७ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ। यसबाहेक एनआरएनको २० करोडको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .