नेसनल लघुवित्त वित्तीय संस्थाले ७ हजार ३ सय १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
लघुवित्तले संस्थापक सेयरधनी इन्द्र नारायण प्रसाईंको नाममा रहेको २ हजार ३१२ र रोजी जोशीको नाममा रहेका ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
लघुवित्तले उक्त सेयर संस्थागत सदस्यबाट खरिदका लागि ३५ दिने सूचनासहित आह्वान गरेको छ। खरिद गर्न इच्छुक लगानीकर्ताले लघुवित्तको केन्द्रीय कार्यालय बनेपामा आवेदन पेस गर्नुपर्नेछ।
54
Shares
प्रतिक्रिया