ad ad

कारोबार


हेलमेटदेखि जुत्ता उद्योगलाई कच्चा पदार्थ आयातमा भन्सार छुट, विभागको सिफारिस नचाहिने

हेलमेटदेखि जुत्ता उद्योगलाई कच्चा पदार्थ आयातमा भन्सार छुट, विभागको सिफारिस नचाहिने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार २२:१२, काठमाडौँ

सरकारले स्वदेशी उत्पादन गर्न कच्चा पदार्थ आयातमा थप छुटको व्यवस्था गरेको छ। अहिले छुट पाएका उद्योगले समेत सिफारिस लिनुपर्ने व्यवस्था हटाएको छ।

आर्थिक विधेयक मार्फत मास्क उत्पादनदेखि जुत्ता उत्पादनसम्मलाई सहज बनाएको छ।

सरकारले सवारी तथा ढुवानीका साधनको स्प्रिङपत्ता बनाउने उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पैठारी गर्ने स्पातका लाप्सा र डन्डीको पैठारीमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

होलमेट उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि औद्योगिक कच्चा पदार्थको रुपमा पर्ने पेन्ट, प्लास्टिकका सिटको आयात गर्दा भन्सार महशुल १० प्रतिशत मात्रै लाग्ने भएको छ।

मसि बनाउने उद्योगले आयात गर्ने आइरन अक्साइड, प्रोपिलिन ग्लाइकोन, पिगमेन्ट, सोलभेन्ट, रसायन, पोलिमारमा लाग्ने महशुलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ, जसका लागि उद्योग विभागको सिफारिस आवश्यक नपर्ने भएको छ।

मास्क बनाउने उद्योगले सर्जिकल मास्क बनाउनका लागि कच्चापदार्थको रुपमा आयात गर्ने नबुनिएका कपडा, इलास्टिक डोरी, खिया नलाग्ने स्पातको स्ट्रीप आयात गर्दा ५ प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको छ। यस्तो छुट लिन उद्योग विभागको सिफारिस नपर्ने व्यवस्था गरेको छ।

त्यस्तै, अप्टिकल फाइबर केबुल उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनकालागि कच्चापदार्थको रुपमा स्पिङग स्टिल वयार, ट्वीस्टेड स्टिल वयार आयात गर्दा १० प्रतिशत भन्सार महशुल उद्योग विभागको सिफारिस बिनै पाउने भएका छन्।

चिप्स जडित स्मार्ट कार्डको उत्पादन तथा छपाई गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनकालागि आयात गर्ने प्लास्टिकका सिटको आयात गर्दा ५ प्रतिशत भन्सार विभागको सिफारिस बिनै पाउने भएको छ।

जुत्ता चप्पल उद्योगले आफ्नो उत्पादन प्रयोजनकोलागि कच्चापदार्थको रुपमा स्टिपनर सिट र टीपीयु सेन्थेटिक सिटको आयात गर्दा १५ प्रतिशत भन्सार विभागको सिफारिस नभई पाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .