ad ad

कारोबार


फागुनसम्म ६० लाख ४८ हजारले लिए पान नम्बर, दायरा विस्तारसँगै बढे करदाता

फागुनसम्म ६० लाख ४८ हजारले लिए पान नम्बर, दायरा विस्तारसँगै बढे करदाता

नेपालखबर
जेठ १३, २०८१ आइतबार १५:३८, काठमाडौँ

चालू आर्थिक वर्षको फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल सङ्ख्या ६० लाख ४८ हजार पुगेको छ। 

करको दायरा विस्तार हुँदा व्यक्तिगत स्थायी लेखा नम्बर लिने बढेका हुन्। 

२०८१ को आर्थिक सर्वेक्षणअनुसार व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाता ६७.१ प्रतिशत र व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाता ३२.४ प्रतिशत रहेका छन्।

करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.५ प्रतिशत रहेको छ। 

यसैगरी, २०८० फागुनसम्म मूल्यअभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख २६ हजार ८ सय ४३ र अन्तःशुल्कमा १ लाख २३ हजार ५ सय ८६ पुगेको आन्तरिक राजस्व विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .